बुढीगण्डकी नदी थुनिँदै खुल्दै गर्दा जोखिम बढ्यो

आत्माराम श्रेष्ठ, गोरखा- बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी र जगत बजारमा ठूलो क्षति पुर्याएको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रको बुढीगण्डकी नदीको बहाव अत्यधिक बढि नदिमा ठुलो बाढी आएको हुनाले सल्लेरी, जगत, यारु, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका जनता सुरक्षित स्थानमा गएर बसेको धाचे गाउँ पालिका उपाध्यक्ष सुनिला गुरूङले बताउनुभयो ।
हाल चुम क्षेत्रबाट बग्ने बुढीगण्डकी नदीमा माथिबाट सुख्खा पहिरो खसेर नदी थुनिएको अवस्था रहेको जानकारी प्राप्त भएको छ। नदी समय-समयमा थुनिने र पुनः एक्कासी बग्ने अवस्था देखिएकाले जोखिम बढ्न सक्ने सम्भावना रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्