ब्राजिलमा महिला टिमका खेलाडीले अब पुरुष सरह समान पुरस्कार पाउने

ब्राजिली फुटबल संघ सिविएफले राष्ट्रिय महिला र पुरुष टिमका खेलाडीलाई समान पुरस्कार राशि तथा सेवा सुविधा दिने भएको छ ।

सिविएफले आज राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने घोषणा गरेपछी ब्राजिल विश्व फुटबलमा समान पुरस्कार दिने पहिलो राष्ट्र बनेको छ ।

ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगितामा फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम समेत बराबर गर्ने भएको छ ।

संघका अध्यक्ष रोजरिया काबोकोले यसबर्षको मार्चबाट निर्णय कार्यान्वयनमा आएको बताएका छन् ।

अध्यक्ष काबोकेले संघले गरेको निर्णय अन्तराष्ट्रिय प्रतियोगिताहरु विश्वकप र ओलम्पिकमा समेत लागू हुने बताएका छन् ।

ब्राजिल फूटबलको यस निर्णय निकै प्रशन्सनिय रहेको भन्दै विश्वका बाँकि राष्ट्रहरु पनि यसबाट लाभान्वित हुने खेल विश्लेषकहरुले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.