कोरोनाभाइरसको खोप निर्माणमा प्रगति, खोप दिइएकामा सकारात्मक एन्टीबडी

मस्को- रूसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रारम्भिक परीक्षणका क्रममा खोप लगाएका मानिसहरूमा रोगप्रतिरोधी प्रतिक्रिया देखिन शुरू भएको रुसी वैज्ञानिकहरूले बताएका छन् ।

उक्त खोपका बारे पहिलो प्रतिवेदन सार्वजनिक गर्दै रुसी वैज्ञानिकहरूले त्यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘द लान्सिट’मा प्रकाशित प्रतिवेदनमा जनाइएअनुसार खोप परीक्षणमा सहभागी भएका सबैको शरीरमा एन्टीबडी विकसित भएको र गम्भीरखालका कुनै पनि नकारात्मक प्रभावहरु देखिएका छैनन् ।

तर विज्ञहरुले सानो स्तरमा खोप परीक्षण गरिएकाले त्यसको पूर्ण प्रभावकारिता र स्वास्थ्य सुरक्षा साबित गर्नका लागि पर्याप्त नहुने बताएका छन् ।

उनीहरुले रुसले छोटो समयभित्रै खोप तयार गरेको भन्दै चासोहरू पनि व्यक्त गर्दै आएका छन्। रुसी सरकारले गत महिना कोरोनाभाइरसविरुद्धको सो खोप स्थानीय रुपमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरेको थियो। त्यसरी खोपको प्रयोगलाई सरकारी अनुमति दिने रूस विश्वमै पहिलो देश हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.