फर्स्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६-७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फर्स्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताउनुभयो ।

संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका विपन्न परिवारका एक लाख बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वोनश शेयर नौ दशमलव ५० प्रतिशत र नगद लाभांश चार दशमलव १८ गरी लाभांश १३ दशमलव ६८ प्रतिशत प्रस्ताव गरेको छ ।

यसको अधिकृत, जारी तथा चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार ७४६ छ भने प्रवद्र्धक शेयरधनीमा ग्लोबल आइएमई., प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सलगायत छन् । घ वर्गका लघुवित्त वित्तीय संस्था, वचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारीलाई यसले थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

कोभिड-१९ को राहत योजना अन्तरगत राष्ट्र बैंकले सम्बन्धित संस्थाका आफ्ना ऋणीलाई व्याज छुट दिन गरेको निर्देशन बमोजिम फस्र्ट माइक्रोफाइनान्सले ऋणीको खातामा छुट रकम उपलब्ध गराएको जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.