कोभिड विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताउनुभएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभएको बताइएको छ । उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभएको थियो- “मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।”

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उहाँले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताउनुभयो । उहाँले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताउनुभयो ।

त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्ममा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.