वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका-४ को सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ । घटनाको प्रकृति हेर्दा तीन-चार दिन अगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुग्नुभएका प्रनाउ चिमरियाले बताउनुभयो ।

घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोष टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो ।

“अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उहाँको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बसेकी रहिछन्”, उहाँले भन्नुभयो, “उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तिको लोभमा उनीहरुको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.