धमाधम विभाग गठन गरेकोमा पौडेल असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन मिति नजिकिएसँगै धमाधम विभाग गठन गरेपछि असन्तुष्ट नेताहरु एकजुट भएका छन् ।

असन्तुष्ट पक्षका नेताहरुले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा भर्चुअल बैठक गरेर सामूहिक रुपमा नै पछिल्लो गतिविधिको विरोध गर्दै आएका छन् । कांग्रेस सभापति देउवाको पछिल्लो गतिविधि विभाग गठन, मनोनयन, क्रियाशील सदस्यता वितरण, लगायतको विरोधमा बैठक भएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु देउवाको गतिविधिविरुद्ध एकताबद्ध हुँदै छलफल अगाडि बढाइएको छ ।

बरिष्ठ नेता पौडेल पक्षले भर्चुअल बैठक गरेर पछिल्लो पटक विधान विपरीत भएका विभाग गठन खारेज गर्नु पर्ने जथाभावी वितरण भइरहेको क्रियाशील सदस्यताको वितरण तत्काल रोक्न माग गर्दै आएका छन् । पार्टी विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग तथा शुभेच्छुक संघसंस्थामा मनोनयन गरिसक्नुपर्ने व्यवस्था विधानमा छ। तर देउवाले नियमित चार वर्षे कार्यकाल सकिएपछि धमाधम विभाग लगायतमा मनोनयन गरिरहेका छन्।

फागुनमा तय भएको १४ औं महाधिवेशन आफू पक्षमा पार्न सभापति देउवाले अहिले एक हजार जनाभन्दा बढीलाई विभिन्न पद बाँडेको भन्दै देउवा इतर समूहका केन्द्रीय सदस्यहरू आपत्ति प्रकट गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.