सुदूरपश्चिममा पनि सुरु भयो प्लाज्मा थेरापी

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको उपचारकालागि रगत दान गर्नुभएको हो ।

कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुग्नु भएकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी lbलिप श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.