२४ घण्टामा थपिए ९ सय ७९ कोरोना संक्रमित, उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा ९ सय ७९ कोरोना संक्रमित थपिएका छन् ।

९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३८ महिला र ६ स ४१ पुरुष गरी ९ सय ७९ जना कोरोना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३२६ जना संक्रमित भएका छन् । काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.