कालोपोथीका निर्देशक भामले बहूपति प्रथामा चलचित्र निर्माण गर्ने

हुम्ला- चर्चित अन्तर्राष्ट्रिय चलचित्र अवार्ड ओस्कारबाट सम्मानित नेपाली चलचित्र कालो पोथीका निर्देशक मिनबहादुर भामले कर्णालीमै अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

हुम्लाको सदरमुकाम सिमकोटमा प्रयत्न नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा निर्देशक भामले उक्त घोषणा गरेका हुन् । नयाँ चलचित्रको सामुदायिक अध्ययनका लागि हुम्ला पुगेका निर्देशक भामले आफुले निर्माण गर्ने नयाँ चलचित्रको विषयवस्तु हिमाली क्षेत्रका लामा समुदायमा प्रचलित बहुपति प्रथामा आधारित हुने बताए ।

तिब्बतीयन संस्कृति र त्यसमा भएको बहुपतिप्रथाको भित्रि पाटोलाई लिएर अबको चलचित्र निर्माण गर्ने योजना बनाएको भामको भनाइ छ ।

प्रतिनधिसभाका सदस्य छक्कबहादुर लामाले छायांकन तथा कर्णालीको मुगु र समग्र नेपालकै शिर उचो पार्न सफल निर्देशक भामले हुम्लामा छायांकन गर्न लागेको चलचित्रमा आफुहरुले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.