नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ३०० नाघे, आजमात्रै ११ जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ ।
सोमबारमात्रै ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ७ पुरुष र ४ जना महिला छन् ।
मृत्यु हुनेमा मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ८७ वर्षीय पुरुष र ६२ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष र बाँकेका ५९ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी काठमाडौंका ३७ वर्षीया महिला, ९० वर्षीया महिला र ८३ वर्षीया महिला तथा कास्कीका ६३ वर्षीया महिलाको ज्यान गएको छ । नेपालमा संक्रमित हुनेहरुबाट मृत्यु हुनेको प्रतिशत ०.६४ रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.