नेता गिरीको मृत्युका बारेमा न्यायिक छानविन माग राख्दै धर्ना

नवलपरासी- नेपाली काँग्रेसका नेता सुवासचन्द्र गिरीको मृत्युको घटनाबारे न्यायिक छानविनको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि आफन्त र शुभेच्छुकले धर्ना दिएका छन ।

नेपाली कांग्रेसका जिल्ला उप-सभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो ।

अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै पश्चिम नवलपरासीका राजनीतिक दल, संघसंस्था र परिवारजनहरुले छानविन गर्न सरकारसँग माग गरेका हुन् ।

नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाज, किसान हकहित संरक्षण मञ्च लगायतका सरोकारवालाहरुले घटनाको छानविनसहित दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

अपरेशनका क्रममा चिकित्सकहरुले गरेको लापरबाहीलाई ढाकछोप गर्न कोरोना संक्रमणको कारण देखाइएको भन्दै छानविन गर्न माग गरेका हुन् ।

परिवारजनले पनि सामान्य अवस्थामा अपरेशन गर्न पुगेका गिरीको अपरेशनका क्रममा लापरबाही हुँदा मृत्यु भएकोले चिकित्सक र अस्पताललाई कारबाहीको मागसहित जिल्ला प्रशासनमा यस अगाबै निवदेन दिएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.