विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता

बेइजिङ– चीनका राष्ट्रपति सी जीङ् पिङ्ले कोरोना भाइरस सँग लड्न आफ्नो देशले निभाएको भूमिकाको प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठनलाई यस मामिलामा सहयोग गर्ने बताउनुभएको छ ।

चीनले कोभिड १९ सँग लड्ने रोल मोडलका बारेमा आयोजित बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस बखत राष्ट्रपति सीले श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ चिकित्सक झाउ नान्सानलाई गणतान्त्रिक मेडल प्रदान गर्नुभयो । त्यसैगरी पिपुल्स हिरो राष्ट्रिय सम्मान झाङ् बोलीलाइ, परम्परागत चिनियाँ ‌औषधि विशेषज्ञ झाङ् डिङ्ग्युलाइ प्रदान गर्नुभयो ।

कोरोना भाइरसको पहिलो संक्रमित चीनको वुहानमा फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.