उपत्यकाको निषेधाज्ञा खुकुलो : यातायात र व्यापारलाई सहज (खुल्ने र बन्द हुने सेवाको सूचीसहित)

काठमाडौं– तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौंभित्र १६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गरिने भएको छ । भाडाका ट्याक्सीमा चालकसहित तीन जना र परिवारभित्रका ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ । निजी सवारी साधन मोटरसाइकल, स्कुटरसमेत स्वास्थ्य मापदण्डअनुसार सञ्चालन हुनेछ ।

अत्यावश्यक वस्तु, सेवामध्ये औषधि र स्वास्थ्य सामग्री वितरण गर्ने पसललाई जुनसुकै समयमा खोल्न दिइनेछ । अत्यावश्क खाद्यान्न तथा दुध, दुधजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्री वितरण गर्ने पसल भने बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न दिइनेछ ।

निर्माण सामग्री ढुवानीका लागि प्रयोग हुने सवारी दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म, टेक अवे सेवा र अनलाइन डेलिभरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म खुला गरिएको छ । सहकारी संस्था बिहान ११ बजेदेखि ३ बजेसम्म खुला गर्न दिइएको छ ।

सपिङ मल, फेन्सी, कपडा, जुत्ता र कस्मेटिक पसल साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न दिइनेछ । भाँडा र भान्साजन्य पसल आइतबार, मंगलबार र शुक्रबार खोल्न दिइएको छ ।
फर्निचर, अटो मोबाइल सेवा सोमबार र बुधबार खोल्न दिइएको छ ।

फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म र सवारी मर्मत गर्ने वर्कसप बिहान १ देखि बेलुकी ८ बजेसम्म खोल्न सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.