नेपालमा कोरोना संक्रमित ५० हजार नाघे, एकैदिन थपिए १२४६

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ५० हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित थपिएसँगै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार १११४४ जनाको पीसीआर परीक्षण गर्दा १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा १८१८ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ७१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.