माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ११ शव निकालियो

काठमाडौँ- रसुवाको भोटेकोसीमा भाद्र १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ११ जनाको शव निकालिएकव छ ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबिएको अवस्थामा शवहरू फेला परेका हुन ।
फेला परेका ११ वटै शव टनेलबाट बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।
सम्पर्कविहीन अन्य व्यक्तिहरूको खोजीर कार्य जारी रहेको सेनाले बताएको छ ।






प्रतिक्रिया राख्नुहोस्