नेपालमा संक्रमित निको हुने दर ९९.१ प्रतिशत, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित निको हुने दर ९९.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार १४ दिनअगाडिको संक्रमित संख्या ३४ हजार १९४ जनामा ३३ हजार ८ सय ८२ जना निको भएका छन् । त्यस अवधिमा ३ सय १२ जनाको मात्रै मृत्यु भएको छ ।

प्रवक्ता प्रा.डा. गौतमका अनुसार नेपालमा संक्रमित निको हुने दर अत्यन्तै राम्रो छ । मृत्यु दर मात्रै शुन्य दशमलव ९ प्रतिशत रहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष, ८३ वर्षीय पुरुष र चितवनका ६२ वर्षीय पुरुष छन् । यसैगरी कपिलवस्तुका २९ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयले इमरजेन्सीमा भर्ना भएको बिरामीलाई अपरेसन गर्नुपर्ने अवस्थामा कोरोना परीक्षणको रिपोर्ट नमाग्न पनि अस्पतालहरुलाई निर्देशन दिएको छ । कोरोना रिपोर्टका कारण कसैको ज्यान गए कानूनअनुसार कारबाही हुने मन्त्रालयको चेतावनी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.