‘घाँसको माया गाईलाई’ गीतमा दुर्गेश र एलिजा सँगसँगै

काठमाडौं– गायक दुर्गेश थापासँग अभिनेत्री एलिजा गौतम एकसाथ देखिएकी छन् । ‘घाँसको माया गाईलाई’ बोलको गीतको म्यूजिक भिडियोमा उनीहरु सँगसँगै सार्वजनिक भएका हुन् ।

राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् । गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ । रामजनक कटवाल निर्माता रहेको भिडिओको कोरियोग्राफी तथा सम्पादन भने शिव विकले गरेका छन् ।

भिडिओमा बाल कलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.