सिन्धुपाल्चोक पहिरो अपडेटः ९ जनाको शव प्राप्त, २१ जना सम्पर्कविहिन (फोटो फिचर)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ को भिरखर्कको नागपुजेमा पहिरो जाँदा १३ घर पुरिएको छ । पहिरोमा पुरिएर हराइरहेका मध्ये ९ जनाको पहिरोले पुरिएर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अविरल बर्षापछि आज बिहान गएको पहिरोले घरहरु पुरिंदा २१ जना सम्पर्कविहिन भएका छन् । घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ ।

रातभर पानी परिरहेकोले घटनास्थलसम्म पुग्ने बाटोका अन्य स्थानमा समेत साना पहिरो फरेको र बाटो बिगारेकोले घटनास्थलसम्म पुग्न कठिनाइ भएको स्थानीयले बताएका छन् ।

पहिरो गएको स्थानमा उद्धारका लागि प्रहरी सहितको उद्धार टोली घटनास्थलतर्फ गएको हाम्रा सिन्धुपाल्चोक जिल्ला संवाददाता नेत्र पौडेलले जानकारी दिएका छन् । यसैबीच पहिरोमा परेर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था र काठमाडौंमा लगिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.