मुलुककै सबैभन्दा ठूलो निर्माणाधीन सिमेन्ट उद्योगको निर्माण कार्य ठप्प

धादिङ- निर्माण सुरु गरेको एक वर्षमा उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको मुलुककै सबैभन्दा ठूलो निर्माणधीन सिमेन्ट उद्योगको निर्माण कार्य ठप्प भएको छ ।

दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित ताल्तीमा निर्माण सुरु गरेको ह्‍यासिन सिमेन्ट उद्योगको निर्माणको काम ठप्प भएको हो ।

निर्माणधीन सिमेन्ट उद्योग चिनीयाँ र नेपालीको संयुक्त लगानीमा सुरु गरेको मुलुककै सबैभन्दा पहिलो र ठुलो कम्पनी हो । उद्योगले गत महिनाबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । अहिले कामदारहरुको अभावका कारण निर्माणको काम ठप्प भएको हो ।

कोरोना भाईरसको संक्रमणले गर्दा चिनियाँ कामदारहरु स्वास्थ्य सुरक्षाका कारण देखाई चिन फर्कन थालेपछि निर्माणको काम अहिले रोकिएको कम्पनीले जनाएको छ ।

दैनिक १२ सय जनाले निर्माणको काम गरिरहेको सो सिमेन्ट उद्योगमा अहिले नेपाली कामदार जम्मा वीस जना मात्र रहेका छन् । उद्योगमा चिनीयाँ कम्पनी ह्वासिनको १४ अर्व र नेपाली कम्पनी बैद्य ईन्भेष्टमेन्टको तीन अर्वको लगानी रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.