यूएस ओपनको उपाधि नाओमी ओसाकालाई

काठमाडौं- जापानी टेनिस खेलाडी नाओमी ओसाकाले पुनः यूएस ओपनको उपाधि जितेकी छिन्।

सन् २०१८ मा यूएस ‌ओपन जितेकी ओसाकाले गएराती भएको महिला एकलतर्फको फाइनलमा बेलरुसकी भिक्टोरिया एजारेन्कालाई हराउन सफल भइन् ।

सन् २०१७ मा विम्लडन ओपन खेलेयता कुनैपनि टेनिस प्रतियोगिताका भाग नलिएकी ३१ वर्षीया एजारेन्काले ओसाकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भइन् ।

एजारेन्काले पहिलो सेट ६-१ ले जितेपनि दोस्रो र तेस्रो सेट भने ६-३, ६-३ ले ओसाकाले जित्न सफल भइन् । ६ पटकसम्म यूएस ओपन जितिसकेकी सरिना विलियम्सलाई हराउँदै हाल बिना वरियताकी ३१ वर्षीया एजारेन्का फाइनल प्रवेश गरेकी थिइन् ।

आफ्नो करिअरको तेस्रो ग्रान्ड स्लाम जितेकी २२ वर्षीया ओसाकाले यसअघि सन् २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.