काभ्रेमा सरकारी कार्यालयबाट सेवा दिन सुरु

काभ्रे- कोभिड–१९ कोरोना संक्रमण बढ्दै गएपछि काभ्रे जिल्लामा बन्द रहेका सरकारी कार्यालयहरु सञ्चालनमा आएका छन् । जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको निर्णयबमोजिम आइतबारदेखि सबै सरकारी कार्यालयले सेवा दिन सुरु गरेका छन् ।

कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार ‘कोभिड १९ को संक्रमण फैलिरहेको अवस्थामा सेवाग्राहीहरुको बढी भिडभाड हुने कार्यालयहरु न्यूनतम जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी सञ्चालनमा आएको बताउनुभयो । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बन्द रहेका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजस्व कार्यालयहरु खुलेसँगै भिडभाड हुन थालेको छ ।

विपद् व्यवस्थापन केन्द्रको बैठकले काभ्रेबाट जिल्लाका सबै सेवाग्राहीहरुलाई सरकारी कार्यलयहरुबाट एकै पटक सेवा प्रवाह गर्दा भिडभाड हुने भएकोले गाउँपालिकाको हकमा भने सधैं खुल्ला हुने नगरपालिकाका लागि भने बार तोकियो बताउनुभयो । पोखरेलका अनुसार नगरपालिकाका लागि हप्तामा ३ दिनमात्र सेवा प्रवाह हुने बताउनुभयो । यससँगै जिल्लामा सार्वजनिक यातायात सञ्चालनको विषयमा भने कुनै निर्णय भएको छैन । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सार्वजनिक यातायात सञ्चालनको विषयमा केहि दिन पछि विपद् व्यवस्थापन केन्द्र बैठक बसेर निर्णय गर्ने बताउनु भयो ।

निर्माण सामाग्रीहरु, लत्ताकपडा र अन्य सामाग्रीका पसलहरु न्यूनतम जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.