जापानमा योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित

जापान- जापानमा वर्तमान मन्त्रिपरिषदका क्याबिनेट सेक्रेटरी योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

आव जापानिज सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी) ले सुगालाई सिन्जो आबेको स्थानमा नयाँ नेता चुनेसँगै सुगा नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

सुगा फराकिलो अन्तरले दलको नेता चुनिनु भएको छ । उहाँको पक्षमा ५३४ मध्ये ३७७ मत परेको थियो ।

सुगाले आबेको मन्त्रिमण्डलमै परराष्ट्र मन्त्री रहनु भैसकेका फुमिओ किशिडा र रक्षा मन्त्री रहनुभएका शिगेरु इसिबालाई पराजित गर्नुभएको हो ।

अब जापानमा बुधबार बस्ने संसद बैठकले सुगालाई प्रधानमन्त्री बनाउने जनाइएको छ ।

आफ्नो स्वास्थ्यको कारण देखाउँदै गत महिना ६५ वर्षीय प्रधानमन्त्री आबेले राजिनामा दिनु भएपछि जापानमा प्रधानमन्त्रीको पद रिक्त भएको थियो ।

आबेका अत्यन्तनिकट मानिएका ७१ वर्षीय सुगाले पनि आबेले लिएको नीतिलाई नै निरन्तरता दिने समाचारहरुमा जनाइएको छ ।

जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको नै बहुमत रहेको छ ।

जापानमा सुगालाई एक व्यवहारिक, अनुभवी, क्षमतावान र वरिष्ठ राजनेताका रुपमा लिइन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.