वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले गोतमलाई मनोनीत गर्न राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

दुई वर्षे गोलाप्रथाका कारण राष्ट्रपतिबाट मनोनीत डा. युवराज खतिवडाको पदावधि पूरा भएपछि रिक्त सदस्यमा गौतमलाई सिफारिस गरिएको हो । दोस्रोपटक सिफारिस नभएपछि डा. खतिवडाले अर्थमन्त्रीबाट गएको २० गते नै राजीनामा दिइसक्नुभएको छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा गौतम कांग्रेसका सञ्जय गौतमसँग बर्दिया– १ बाट ७५३ मतले पराजित हुनुभएको थियो ।

गौतम यसअघि २०४८, २०५१ सालमा प्रतिनिधि सभा सदस्य तथा २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ तीन पटक उपप्रधानसहित गृहमन्त्री भइसक्नुभएको छ ।

सरकारको थप निर्णय

असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.