नेपालको संविधानले समानता र न्यायको पक्षमा वकालत गरेको छ : प्रधानमन्त्री (भिडियो)

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान संसारकै लागि नौलो र जनतालाई अधिकार सम्पन्न बनाउने संविधान रहेको बताउनुभएको छ ।

संविधानले जन्मसिद्ध पदीय अधिकारको अन्त्य गर्दै समानता र न्यायका पक्षमा वकालत गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो  ।

नेपालको संविधानका विशेषता र भावना समेटिएको “अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल” नामक पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानमै ३१ वटा मौलिक हकको व्यवस्था, जनता मै पुग्नु पर्ने आवधिक निर्वाचन लगायत संविधानका महत्वपूर्ण विशेषता रहेको छ- भन्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा  पुस्तकको विमोचन गरिएको हो ।

संविधान दिवसको पूर्व सन्ध्यामा विमोचन गरिएको सो पुस्तकका विषयमा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले नेपालको संविधान अहिलेसम्मकै प्रजातन्त्रिक संविधान भएको धारणा राख्नु भयो ।

साथै संसारकै बढी अधिकारी दिइएको जर्मनीको संविधानले भन्दा नेपालको संविधानले स्थानीय तहलाई बढी अधिकार दिएको भनाइ डा महतको थियो ।

पुस्तक सन् २०१८ मा सम्पन्न भएको नेपालको संविधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र तथा प्रस्तुतिमा आधारित रहेको छ । अँग्रेजी भाषामा प्रकाशित ६४० पृष्ठको यो पुस्तकको सम्पादन संविधानविद् विपिन अधिकारीले गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.