जनकपुर आयो नेपाली रेल [भिडियो र फोटो फिचर]

काठमाडौं– धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि २ वटा नयाँ रेल आज जनकपुरधाममा ल्याइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई समक्ष भारतीय पक्षले रेल हस्तान्तरण गरेको छ । भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा नयाँ रेल सञ्चालन गरिने योजना छ । रेलका नयाँ सेट भारतमा केही समय अगाडि नै निर्माण गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ ।

आवश्यक नियमावली बनाएर दशैँ वा तिहारपछि रेल सञ्चालनमा ल्याइने छ । भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेलका सेट खरिद गरिएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेल मार्ग तयार भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.