व्यापार त खुल्यो, तर कस्तो सावधानी अपनाउने ? (भिडियो रिपोर्ट)

काठमाडौं– निषेधाज्ञा खुकुलो बनाएसँगै अधिकांश व्यापार व्यवसायहरु सञ्चालनमा आइसकेका छन् । यो अवस्थामा बजारमा चहलपहल बढेको मात्र छैन, पसलहरुमा भीडभाड पनि बढेको छ ।

व्यवसायीहरु सधैं आफ्नो सामान बिक्री गर्न हतारिइरहेका हुन्छन् । तर जोखिमको यो अवस्थामा व्यवसायीले नाफामा मात्र ध्यान दिनु हुँदैन । आफ्नो पसलभित्र भिडभाड गर्न नदिने व्यवस्था मिलाउनुपर्छ । कुनै पनि सामान छोएपछि तत्काल हात धुने वा सेनिटाइजरको प्रयोग गर्दा संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

कुनै पनि पसलमा पुग्दा दुरी बनाएर उभिनुपर्छ । पालैपालो मात्र सामग्री खरिद गर्नुपर्छ । सकेसम्म पसलमा सामान किनेपछि नगद अथवा कार्डबाट पैसा तिर्नुभन्दा डिजिटल भुक्तानी गर्नु सबैभन्दा उचित हुन्छ । आफूलाई चाहिने सामान किन्न पटकपटक पसलहरुमा पुग्नु भन्दा एकै पटक आवश्यक सामान ल्याउनु उपयुक्त हुन्छ । पसलमा भिडभाड देखिएमा कोचिएर अगाडि जाने प्रयास गर्नु हुँदैन ।

बजारबाट खानेकुरा ल्याएपछि केही समय घरबाहिरै राखेर त्यसको प्याकेट धोएर मात्र भित्र लैजानुपर्छ । प्याकेट सफा गरेसँगै आफ्नो हात पनि राम्रोसँग साबुनपानीले धुँदा संक्रमण भित्रिने सम्भावना कम हुन्छ । कोरोनाका संक्रमण फैलिनबाट रोक्नु सबैको दायित्व भएकाले सरकारले बनाएका निर्देशनहरुको पूर्ण पालना गर्नुपर्छ ।

कोरोना भाइरसको जोखिम बढेको अवस्थामा सबै स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन सकिए आफू आफ्नो परिवार र समाजलाई नै संक्रमण हुनबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.