संक्रमित शुन्य भएपछि कोरोना अस्पताल बन्द

बाँके– बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन अस्पताल आजदेखि बन्द गरिएको छ ।

आज शनिबार अन्तिम चरणमा २२ जना संक्रमित कोरोना जितेर घर फर्किएसँगै कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको हो । गएको वैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षिय एक पुरुषलाई आईसोलेसन सेन्टरमा राखेर सेवा दिन सुरु गरेको सो अस्पतालले हालसम्म १ सय ९७ जना कोरोना पोजेटिभको सफल उपचार गरेको छ । सो अस्पतालले अब पूर्ववत् क्यान्सर रोगको उपचार जारी राख्नेछ । सो क्यान्सर अस्पताललाई प्रदेश ५ सरकारले गत बैशाखदेखि कोरोना बिशेष आईसोलेसन अस्पताल बनाएको थियो ।

२ थान भेन्टिलेटर र ६ वटा आईसीयु सहित ५० शैयाको सो कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएसँगै त्यहाँबाट दिँइदै आएको सेवा अब नेपालगन्जस्थित भेरी अस्पतालबाट दिइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.