बेलायतमा संक्रमण दोहोरिएपछि व्यवसायमा कडाइ

लन्डन– बेलायतमा आगामी बिहीबारदेखि पब, रेस्टुरेन्ट, बार लगायत सम्पूर्ण आतिथ्य सत्कारसँग सम्बन्धित स्थलहरु अनिवार्य रुपमा राति १० बजेभित्र बन्द गर्न निर्देशन दिइएको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि संक्रमण नियन्त्रणका लागि सरकारले सो कदम चालेको हो । बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले समयमै सावधानी नअपनाए आगामी अक्टोबर महिनाको मध्यतिर बेलायतमा दैनिक ५० हजारका दरले संक्रमण बढ्ने चेतावनी दिनुभएको छ ।

साथै आगामी नोभेम्बर महिनाको मध्यतिर दैनिक २ सयका दरले कोरोना संक्रमणका कारण मृत्यु हुनसक्ने चेतावनी दिनुभएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा दैनिक ४ हजारभन्दा बढी मानिसमा कोरना संक्रमण भएको छ । बेलायतमा हालसम्म संक्रमितको संख्या ३ लाख ९८ हजारभन्दा बढी छ भने कोरोना संक्रमणकै कारण ४१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.