गुरुकुलका बटुकलाइ शास्त्रीय सङ्गीत

स्याङ्जा- झट्ट हेर्दा कुनै साङ्गीतिक कला केन्द्र जस्तो देखिने यो दृश्य एक स्याङजाको गुरुकुलको हो । कोरोना महामारीको कारण शैक्षिक पठन-पाठन हुने विद्यालय, गुरुकुल लगाएतका शैक्षिक संघ संस्था बन्द भएका छन् ।

६ महिनासम्म पठन-पाठनबाट टाढा रहेका विद्यार्थीको फुर्सदिलो समयलाइ सदुपयोग गर्न रामनदी धाम संस्कृत गुरुकुलका बटुकलाई शास्त्रीय सङ्गीतको कक्षा सुरु गरिएको छ ।

यस गुरुकुलमा अध्ययनरत् ५० जना बढी बटुक सहित गुरुकुल परिवार र आवासीय भन्दा बाहिरी छात्र छात्रालाइ समेत पन्ध्र दिने साङ्गीतिक प्रशिक्षण गराइएको हो । मरुन एकेडेमी अफ प्रफर्मिङ् आर्टले गुरुकुलका बटुकसहित गुरुकुल परिवारलाइ पूर्वीय तथा पश्चिमी शास्त्रीय विधाको साङ्गीतिक कक्षा निशुल्क प्रदान गरेको हो ।

संङ्गीतको सिकाइले बच्चाहरुमा आत्बल बढ्ने तथा बौद्धिक बिकास हुने प्रशिक्षक पवन अधीकारीको भनाइ छ । यस्ता खालका अतिरिक्त सिकाइका कक्षाहरु गुरुकुल, निजी तथा सामुदायिक विद्यालयमा समेत लागु गर्नुपर्ने रामनदी धाम संस्कृत गुरुकुलका प्राचार्य कृष्ण प्रशाद बस्यालको भनाइ छ ।

दरबन्दीसहित कक्षा सञ्चालन गर्न सके बिद्यार्थीहरुको आम्दानीको श्रोतमा समेत वृद्धि गर्न सकिने शिक्षकहरुको भनाइ छ भने साङ्गीतिक कक्षामा सहभागी हुँदा निकै उत्साहित भएको विद्यार्थी बताउँछन् ।

यस्ता खालका अतिरिक्त कक्षाले विद्यार्थीको पठन-पाठनमा उर्जा थप्ने भएकोले सबै विद्यालयले यस्ता क्रियाकलापको अनुसरण गर्न आवश्यक रहेको साङ्गीतिक गुरुहरु बताउँछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.