देशभर झरी ! सजग रहन जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षासँगै बाढी-पहिरो समेत जानसक्ने सम्भावना रहेकाले सजग रहन जिल्लाका स्थानीय तह र प्रशासनलाई आग्रह गरेको छ ।

विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्बसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय नै रहेको छ।

आजसम्मको विश्लेषण अनुसार, हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय रेखा पश्चिम-उत्तरतर्फ सर्ने क्रममा २५ सेप्टेम्बर अर्थात भोलिसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन / चट्टयाङ्ग / हावाहुरी सहितको वर्षा तथा केही स्थानमा निकै ठूलो वर्षाको समेत सम्भावना रहेको छ।

मुलुकभर नै झरी परिरहेको र यो क्रम आज रातिसम्म पनि जारी रहने भएकाले धेरै स्थानका नदी-खोलाहरूमा पानीको सतह बढ्ने छ ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.