पछिल्लो २४ घण्टामा १ हजार ९११ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा मात्र ९४३ जना संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन ।

यही अबधीमा ९ सय ६१ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन ।  योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७१ दशमलव ९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ४ सय ४४ जनाको पीसीआर परिक्षण गरिएको छ ।

नेपालमा आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परिक्षण गरिएको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन । यी मध्ये काठमाडौं जिल्लामा मात्र  ८ सय १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित थपिएका छन ।

नेपालमा देशभर ५ हजार ७७ जना क्वारेन्टिनमा रहेका र २ सय २० जना आइसीयूमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो ।

यसैगरी देशभरमा जम्मा २५ जना भेन्टिलेटरमा उपचाररत छन ।

यसैगरी, देशभर संस्थागत आइसोलेशनमा १०  हजार ७६१ जना र होम आइसोलेशनमा ११ हजार ६९ जना रहेका प्रवक्ता जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.