गोरखाको चुमनुब्रीस्थित घरमा आगलागी

गोरखा- गोरखाको चुमनुब्रीमा अचानक भएको आगलागीले दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरमा ठूलो क्षति भए पनि मानवीय तथा पशुचौपायको क्षति भने भएको छैन।
जिल्लाको चुमनुब्री गाउँपालिका–३, फिलिममा बुधबार साझ ७:६०  स्थानीय ४० वर्षीय धनबहादुर गुरुङ घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गुरुङको ब्लकले बनेको र टिनले छाएको दुईतले चारकोठे घरमा अचानक आगलागी भएको थियो।
आगलागीको करिब एक घण्टाको प्रयासपछि राति ८ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति तथा पशुचौपायको क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
आगलागीको कारण र क्षतिको थप विवरणबारे प्रहरीले अनुसन्धान तथा जानकारी संकलन गरिरहेको जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.