कोरोना संक्रमणबाट पाँच दिनकी बालिकासहित ७ जनाको मृत्यु
नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६२ प्रतिशतको ज्यान गएको छ

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ५ दिनको बालिकासहित ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४ जना पुरुष र ३ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ । यसैगरी बाँकेमा दुई जना तथा चितवन, काठमाडौं, ललितपुर र कञ्चनपुरमा एक एक जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६२ प्रतिशतको ज्यान गएको छ ।







प्रतिक्रिया राख्नुहोस्