ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

रामेछाप- रामेछापको दोरम्बा गाउँपालिका वडा नं ४ सानो शैलुङ्गमा गएराति भएको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दोरम्बा ७ का पेम्वा लामा र फुर्वा लामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रमुख बसन्त पाठकले बताउनु भयो ।
राति डोजरका लागि भनेर तेल लिएर आउँदै गरेको ट्याक्टर भिरबाट खसेको दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तानले जानकारी दिनुभयो ।
मृतकहरुको शव भिरमा अड्किएकोले भिरबाट निकाल्न समस्या भएको अध्यक्ष मोक्तान बताउनुहुन्छ ।
ना ७ च ८७३ नंम्बरको ट्याक्टरमा ३ जना सवार थिए । तीन जना मध्ये १ जना हामफालेर बाँच्न सफल भएका छन् ।
दुर्घटना स्थलमा राति नै प्रहरी पुगेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्