प्रदेश नम्बर ५ प्रदेश सभा बैठक शुरु

बुटवल- प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक शुरु भएको छ । प्रदेशको स्थायी राजधानीको विषयमा आज मतदान गर्ने कार्यसूची तय भएको छ । अहिले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेले सभामा बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गराउने मन्त्रीपरिषदको निर्णय भएको जानकारी दिनुभयो । यसैगरी, भालुवाङ क्षेत्र विभिन्न पहाडी क्षेत्रका बासिन्दाहरुको बाक्लो बसोबास भएको क्षेत्र भएको समेत उल्लेख गर्नुभयो । उहाँले राजनीतिक आग्रह पूर्वाग्रहको रुपमा प्रदेश राजधानीलाई नलिन उहाँले राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्