राजधानी र नामाकरणको बिषयमा टुंगो लगाउन प्रदेश सभामा मतदान शुरु

बुटवल- प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरणको विषयमा टुंगो लगाउन प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा मतदान शुरु भएको छ । यसका लागि सभामुखले मतदानको सबै प्रकृयाका बारेमा सभालाई जानकारी गराउनुभएको छ ।

अब केहीबेरमा मतदान हुने र प्रदेश सभाको दुई तिहाई बहूमतले स्थायी राजधानी र नामको विषयमा निर्णण गर्नेछ ।

यदि प्रस्तावको पक्षमा दुई तिहाइ पुग्यो भने संशोधन प्रस्तावहरु स्वत: निष्कृय हुने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

मतदानका लागि सभाहलको सबै ढोकाहरु बन्द गरिएका छन ।

पार्टी ह्वीप जारी भएकोले नेकपाको दुई तिहाइ मतद्वारा प्रस्ताव पारित हुनेछ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.