घर सिँगार्ने माटोको जोहो गर्दै पाल्पाका महिला

पाल्पा- नेपालीहरुको महान चाड वडादशैँ नजिकिएसँगै यतिबेला शहरदेखि गाउँसम्म घरहरु रंगाउने र सरसफाई गर्ने काम शुरु भएको छ ।

वडादशैँमा घरलाई लिपपोत र रंगरोगन गर्नका लागि आर्थिक अवस्था कमजोर भएका पाल्पाका कतिपय बस्तीका महिलाहरु भने घण्टौँ हिडेर रातो, पहेलो र सेतो माटोको जोहो गरी दशैँलाई स्वागत गर्न तरखर गर्दैछन।

दशैं नजिकिएसँगै गाउँ घरमा घर सिंगार्ने र लिपपोत गर्ने चटारो शुरु हुन्छ। पछिल्लो समय गाउँघरमा पनि माटोको सट्टा विभिन्न रंगहरूको प्रयोग बढ्न थालेको छ।

तर पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका दलित बस्तिका महिलाहरुका लागि भने माटोले घर रंगाउनु  परम्परा र बाध्यता दुवै भएको छ ।

जिल्लाका अन्य बस्तीमा समेत घर रगांउन रातो, सेतो र पहेलो माटोको प्रयोग गर्ने चलन अझैसम्म कायमै छ। जब गाउँ घरमा रातो, सेतो र पहेंलो माटोले घरहरु सिँगारिन्छन तब दशैं नजिकिएको सहजै अनुमान गर्न सकिन्छ ।

तर यसरी घर रंगाउने माटोको जोहो गर्नु भने त्यति सहज छैन।

घर रंगाउने माटो जताततै सहजै नभेटिने भएकोले स्थानीयले घण्टौँ हिडेर निकै जोखिम मोलेर खानीबाट माटो खन्दै अएका छन  ।

खानीमा पुगेर पनि निकै गहिरो खाल्डा भित्र पसेर माटो निकाल्नु पर्ने हुँदा माटो निकाल्ने क्रममा पुरिएर कतिको ज्यानसमेत जाने गरेको छ। यसरी माटो निकाल्दा हरेक बर्ष खाल्डो गहिरिँदै जाने भएकोले  जोखिम बढ्छ ।

अहिले यही जोखिमको कारण धेरैले बजारमा पाइने रंगवाटै घर रंगाउने गरेका छन्। चाडवाडको बेला “राम्रो नाना र मीठो खाना”को जोहो गर्नै गाह्रो पर्ने यी दलित बस्तीका महिलाहरूका लागि  भने माटोले घरको लिपपोत गर्नु परम्परा भन्दा पनि बढी बाध्यता रहेको उनीहरुको भनाई छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.