पर्यटकीय क्षेत्रहरु खुले तर पर्यटक आएनन

झापा- लामो समयसम्म लकडाउनका कारण निक्कै ठूलो क्षति व्यहोरेका झापाका पर्यटकीय क्षेत्रहरु विस्तारै खुल्न थालेका छन् । कोरोना भाइरसका कारण पर्यटकीय क्षेत्रहरु खुल्न थाले पनि पर्यटकहरु भने खासै आउन सकेका छैनन ।

करोडौं रुपयाँ घाटा व्यहोर्न बाध्य भएका पर्यटकीय क्षेत्रहरु खुल्न थालेका हुन । झापाका विभिन्न पार्क तथा सिमसार क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा लिइन्छ ।

झापाको कन्काई नगरनगरपालिका ह्याप्पी ल्याण्ड पार्कमा विगतमा दैनिक सयौंको संख्यामा मानिसहरु जम्मा हुन्थे। तर लामो लकडाउन पछि पार्क, होटल तथा अन्य पर्यटकीय केन्द्रहरु खुल्ला गरेपनि मानिसको चहल पहल भने बढ्न सकेको छैन ।

६ महिनाको बन्दमा झण्डै ४ करोडको घाटा भएकोले बैंकको ऋण तिर्न समेत मुस्किल परेको ब्यवसायी मनोज शिवाकोटी बताउनुहुन्छ ।

तथापी, पछिल्लो समय लामो लकडाउनले घर बाहिर निस्कन नपाएका मानिसहरु केही पार्क तथा सिमसार क्षेत्र घुम्न आउन भने थालेका छन् । लामो समयपछि घर बाहिर घुम्न आउन पाउँदा आन्तरिक पर्यटकहरुले खुशी समेत व्यक्त गरेका छन ।

झापामा झण्डै ढेड दर्जन हाराहारीमा यस्ता पर्यटन पार्क तथा सिमसार क्षेत्र भएपनि कतिपय अझै संचालनमा आउन सकेका छैनन् ।

कोरोना भाइरस संक्रमण बढिरहेकाले कतिपय स्थानीय तहले धेरै जमघट हुने क्षेत्र तत्काल खुल्ला नगर्ने जानकारी दिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.