ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको (बिओपी) स्थापना

ताप्लेजुङ- चीनसँग सिमाना जोडिएको ताप्लेजुङको उत्तरी नाका ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

नेपाल-चीनको सिमाना टिप्ताला भञ्ज्याङ नजिकै मौवाटारमा रहने बिओपी संरचना निर्माण नभएसम्मका लागि ओलाङ्चुङगोला बस्तीमा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताउनु भयो ।

ओलाङचुङगोला बस्तीबाट १३ किलोमिटरमा रहेको मौवाटार बिओपी क्याम्प तोकिएता पनि त्यहा कुनै संरचना नरहेकोले ओलाङचुङगोला बस्तीबाटै निगरानी गरिने प्रजिअ चापागाईंले बताउनुभयो ।

बिओपी उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक लगायतका टोली हेलिकप्टरवाट ओलाङचुङगोला पुगेका थियो ।

बिओपी स्थापनाले सीमा सुरक्षा, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईले बताउनु भएको छ । ३५ जनाको दरबन्दी भएपनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) नेतृत्वमा तत्कालका लागि २१ जनामात्रै रहने सशस्त्र प्रहरी श्रोतले बताएको छ । फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलाबाट सिमावर्ति क्षेत्र टिप्ताला भञ्ज्याङ २१ किलोमिटर दुरीमा पर्दछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.