नयाँ नोट वितरण अन्यौल

मोरङ- गतवर्ष यतिबेला दशैंको नयाँ नोटका लागि विराटनगरस्थित नेपाल राष्ट्र बैंकमा भीड लाग्ने गरेकोमा यसपटक नयाँ नोट वितरणबारे अझै अन्यौल रहेकेा छ ।

कोरोना संक्रमण फैलिने डरले नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने नीतिगत निर्णय गरिनसकेका कारण नेपाल राष्ट्र बैंक विराटनगरले नयाँ नोट वितरण नगर्ने जनाएको छ ।

अहिलेसम्म माथिबाट निर्णय आईनसकेको र कोरोना जोखिमका कारण के गर्ने भन्ने अन्यौल रहेकाले नयाँ नोट वितरणबारे भन्न नसकिने नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

गत वर्षनेपाल राष्ट्र बैंकले करिब १ अरब ४ करोड रुपैया बराबरको नयाँ नोट वितरण गरेको थियो । प्रत्येक वर्षदशैंको बेलामा नयाँ नोट साट्ने प्रचलनलाई मध्यनजर गर्दै राष्ट्र बैंकले प्रदेश १ का बैंक तथा वित्तिय संस्था र सहकारी तथा र्सवसाधारणहरुलाई १००, ५०, २०, १० र ५ दरका नोटहरु बाँड्ने गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.