कालङगा हाइड्रोपावरको निर्माणकार्य अन्तिम चरणमा, ३ महिनाभित्र बत्ती बाल्ने लक्ष्य

बझाङ- बझाङको बुङगल नगरपालिकास्थित निर्माणाधिन ७५ मेगावाट कालङगा हाइड्रोपावर अन्तर्गत १६ मेगावाटको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

यसक्रममा कालङगा हाइड्रोपावरको तल्लो खण्डको ३ हजार ४ सय ६८ मिटर सुरुङखन्ने काम पनि सकिएको छ ।

चार वर्षअघि शुरु गरिएको हाइड्रो पावरको ९२ प्रतिशत काम सम्पन्न भइसकेको हाइड्रो पावरका ईन्जिनियर बखत्तबहादुर शाहीले जानकारी दिनुभयो । निर्माण कार्य सकेर आगामी ३ महिनाभित्र बत्ती बाल्ने लक्ष्य रहेको पनि आयोजनाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.