जाजरकोटमा जिप दुर्घटना: वडाध्यक्षसहित ५ जनाको मृत्यु, २ बेपत्ता

जाजरकोट- जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं.को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन ।

जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो ।

जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डिएसपी श्रेष्ठले बताउनुभयो । घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.