दसैंमा नयाँ नोट वितरण अन्यौलमा

विराटनगर– गत वर्ष यतिबेला दसैंको नयाँ नोटका लागि विराटनगर स्थित नेपाल राष्ट्र बैंकमा भिड लाग्ने गरेकोमा यसपटक नयाँ नोट वितरण बारे अझै अन्यौल रहेको छ ।

कोरोना संक्रमण फैलिने डरले नयाँ नोट वितरण नगर्ने नेपाल राष्ट्र बैंक विराटनगरले जनाएको छ । कोरोना जोखिमका कारण के गर्ने भन्ने अन्यौल रहेकाले नयाँ नोट वितरण बारे भन्न नसकिने बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । गत वर्ष राष्ट्र बैंकले करिब १ अरब ४ करोड रुपैया बराबरको नयाँ नोट वितरण गरेको थियो ।

प्रत्येक वर्ष दसैंको बेलामा नयाँ नोट साट्ने प्रचलनलाई मध्यनजर गर्दै राष्ट्र बैंकले प्रदेश १ का बैंक तथा वित्तिय संस्था र सहकारी तथा र्सवसाधारणहरुलाई १००, ५०, २०, १० र ५ दरका नोटहरु बाड्ने गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.