सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

काठमाडौँ– सगरमाथा आरोहीहरूको हकहित, पर्वतीय पर्यटन र हिमाल संरक्षणमा सक्रिय सगरमाथा आरोही संघमा नयाँ नेतृत्व चयन गरिएको छ ।

संघको विधान २०५७ (संशोधन २०५९) अनुसार मंगलवार सम्पन्‍न निर्वाचनमा दिवस पोख्रेलको नेतृत्वमा नयाँ केन्द्रीय कार्य समिति निर्विरोध चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा दिकी शेर्पा र द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल चयन हुनुभएको छ । कार्यसमितिको महासचिवमा शिव सापकोटा, सचिवमा छोकी शेर्पा र कोषाध्यक्षमा वाङदा शेर्पा निर्वाचित हुनुभएको छ । समिति सदस्यहरुमा लाक्पा याङ्जी शेर्पा र पासाङ लामु शेर्पा चयन हुनुभएको छ ।

नव निर्वाचित कार्य समितिले मंगलवारै पद तथा गोपनियताको सपथ लिएको महासचिव शिव सापकोटाले जानकारी दिनुभयो ।सगरमाथा आरोही एवं पर्यटन व्यवसायी स्वर्गीय वाङछु शेर्पाको नेतृत्वमा २०५७ सालमा स्थापित संघमा यसअघि आरोही माया शेर्पाले नेतृत्व गर्नुभएको हो ।

संघले गत आइतवार मात्र आफ्नो स्थापनाको रजत जयन्ती मनाएको छ । सन् १९५३ देखि सुरु भएको सगरमाथा आरोहणमा हालसम्म करिव ८ हजार नेपाली तथा विदेशी आरोहीले सफलता हासिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.