सचिवालय बैठक बस्ने बारे दुई अध्यक्षबीच छलफल

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बाँकी काम टुंग्याउने लगायतका विषयमा द्वलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा पार्टी एकता लगायतका विषयमा एकढंगको सहमति बनेपछि सचिवालय बैठक बस्नेबारे समेत छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।
दुई अध्यक्षबीचको आजको छलफलपछि संवैधानिक आयोगहरु तथा अन्य राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा समेत अव थप छलफल अघि बढ्ने बताइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्