स्पेनमा १५ दिनका लागि पुन: संकटकाल

स्पेन- स्पेनले राजधानी मेड्रिडमा बढ्दो कोरोना भाइरसको संक्रमण दर घटाउन १५ दिनका लागि संकटकाल घोषणा गरेको छ ।

संक्रमण नियन्त्रणका लागि हप्ता दिन अघि लगाइएको आंशिक लकडाउन अदालतले फिर्ता गरेपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो । मेड्रिड र आसपासका शहरहरुमा प्रतिबन्ध कडाईका साथ कार्यान्वयन गर्न ७ हजार प्रहरी तैनाथ गरिएको छ । विपक्षीहरुले भने संक्रमण घटिरहेका बेला संकटकाल घोषणा गर्नु न्यायोचित नभएको बताएका छन् । शुक्रबार अबेर राजधानी मेड्रिड र आसपासका ९ वटा शहरमा अति आवश्यक बाहेकका सबै गतिविधि माथि प्रतिबन्ध लगाइएयो ।

केन्द्रीय सरकारले लगाएको प्रतिबन्ध विपक्षी स्थानीय अधिकारीहरुले गतल भएको प्रतिक्रिया दिएका छन् । स्पेनमा कोरोना भाइरसको दैनिक संक्रमण ६ हजारको हाराहारीमा पुगेको छ । हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ९० हजार नाघेको छ भने झण्डै ३३ हजार मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.