यात्रुवाहक पानीजहाजमा सवार १४० जनाको खोजी,१०३ जनाको उद्धार

काठमाडौँ- इन्डोनेसियाको जाभा सागरमा बेपत्ता यात्रुवाहक पानीजहाजमा सवार १४० जनाको खोजी भइरहेको छ । जहाजमा सवारमध्ये १०३ जनाको उद्धार गरिएको र उद्धार गरिएकामध्ये एक जनाको मृत्यु भएको खोज तथा उद्धार निकायका अधिकारीले बताएका छन् ।‘

भर्गो ट्रान्सपोर्ट ८’ नामको पानीजहाज शनिबार पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ प्रस्थान गरेको थियो । त्यसपछि जहाजसँग सम्पर्क विच्छेद भएको खोज तथा उद्धार निकायले जनाएको छ ।निकायको बान्जारमासिन कार्यालय प्रमुख इ पुत्रु सुदायनाका अनुसार विभिन्न पानीजहाजको सहयोगमा १०३ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये केहीलाई पूर्वी जाभाको बन्दरगाहमा लगिने तयारी छ ।जहाजको अन्तिम अवस्थिति पत्ता लागेको स्थानतर्फ उद्धार टोली, पानीजहाज र हेलिकप्टर परिचालन गरी खोजी भइरहेको छ । जहाजमा के भएको हो भन्नेबारे भने अधिकारीले केही बताएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.