अमेरिकी राष्ट्रपति निर्वाचनः दोस्रोपटक पनि टेलिभिजन बहस रद्द

न्यूयोर्क– संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने टेलिभिजनको दोस्रो बहस रद्द भएको छ ।

राष्ट्रपतीय बहस आयोगले विज्ञप्ति जारी गर्दै आगामी अक्टुबर १५ का लागि तय गरिएको रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रत्याशी जो बाइडेन बीचको बहस नहुने जनाएको हो । राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण भएकोले गर्दा प्रत्यक्ष बहस आयोजना गर्न नसकिएपछि भर्चुअल गर्ने तयारी गरिएको थियो।

तर राष्ट्रपति ट्रम्पले भर्चुअल बहस गर्न नमानेपछि कार्यक्रम स्थगित गरिएको हो । सो विज्ञप्तिमा भनिएको छ– जनस्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रत्यक्ष कार्यक्रम रद्द गरेर भर्चुअल बहसका लागि गरिएको प्रस्तावलाई ‘समयको बर्बादी’ भन्दै ट्रम्पले सहभागि नहुने जनाएपछि दोस्रो बहस नै रद्द गरिएको हो ।

दुवै उम्मेदवारका अभियानले त्यस मितिका लागि वैकल्पिक योजनाको घोषणा गरेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार दोस्रो बहस अक्टोवर १५ मा मायामीमा हुने तय गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.