डा. केसीलाई अनसन अन्त्य गर्न सरकारको आग्रह

काठमाडौं– अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारले पुनः आग्रह गरेको छ । सरकारद्वारा गठित वार्ता टोलीका तर्फबाट आज एक विज्ञाप्ति जारी गर्दै कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्दै अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरिएको हो ।

डाक्टर केसीले उठाउनुभएका मागहरु सम्वोधन हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा चिकित्सा शिक्षा सञ्चालन गर्न बजेट विनियोजन गरेर योजनावद्ध काम भइरहेको उल्लेख छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा रहेको र चिकित्सा शिक्षा ऐन संशोधनका लागि कार्यदल गठन गरेर काम थालिसकेको पनि विज्ञाप्तिमा उल्लेख छ ।

गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै सरकारी वार्ता टोलीले डाक्टर केसीलाई अनशन स्थगन गर्न पुनः आग्रह गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.